काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा पुनः मतदानको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । त्यस निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले उपाध्यक्ष विष्णु पौडेललका मुख्य मुख्य प्रतिस्पर्धी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले आज (मंगलबार) सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
रास्वपाका पौडेलले रुपन्देही–२ मा विष्णु पौडेललाई निर्वाचित भएको घोषणा गरिएको मतपरिणाम बदर गरी पुनः मतदान तथा मतगणनाको माग गरी रिट निवेदन दायर गरेका हुन् ।
आयोगले घोषणा गरेको अन्तिम नतिजाअनुसार एमालेका पौडेल २७ हजार १६५ मत ल्याएर निर्वाचित हुँदा रास्वपाका गणेश पौडेलले २५ हजार ७९५ मत ल्याएका छन् । सत्ता गठबन्धनको समर्थन पाएका क्थmदय िराष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापा मगर भने २२ हजार २७ पाएर तेस्रो भए ।




















प्रतिक्रिया