मोरक्को कतारमा जारी २२औं विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
बुधबार राति भएको अन्तिम १६ को खेलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ३-० गोलले हराउँदै मोरक्को अन्तिम आठमा प्रवेश गरेको हो।
पेनाल्टीमा मोरक्कोका अब्दिल हमिद साबिरीले गोल गरे भने स्पेनका पाब्लो सराबियाले मिस गरे।
यस्तै, मोरक्कोका हाकिम जियचले गोल गर्दा कार्लोस सोलरले मिस गरे।
मोरक्कोका बदर बननले मिस गर्दा सर्जियो बुस्क्वेट्सले पनि मिस गरे।
यसैगरी अच्राफ हाकिमीले पेनाल्टीमा गोल गरे।
राजधानी दोहास्थित एजुकेसन सिटी स्टेडियममा निर्धारित समयको खेल बराबरीमा सकिएफछि अतिरिक्त समय थपिएको थियो।
निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त ३० मिनेटको समय थपिएको थियो।
अब, मोरक्कोले पोर्चुगल र स्विट्जरल्यान्डबीचको विजेता टोलीसँग खेल्ने छ।
मोरोक्को समूह ‘एफ’ को विजेता बन्दै नकआउट चरण पुगेको हो भने स्पेनले समूह ‘ई’ को उपविजेताको रूपमा प्रि-क्वार्टरफाइनलको यात्रा तय गरेको हो।
स्पेन भने सन् २०१० को विश्वविजेता हो। सन् १९५० मा ऊ चौथो भएको थियो।
सन् १९५४ सम्म मोरोक्को फिफाको सदस्यसम्म थिएन। यसअघि ६ वटा विश्वकपमा सहभागिता जनाएको मोरोक्को सन् १९८६ मा अन्तिम १६ सम्म पुग्यो।




















प्रतिक्रिया