Logo

अन्तर्राष्ट्रिय

एउटा यस्ताे एटिएम : जहाँबाट नोट होइन सुनको सिक्का निस्कन्छ !



एटिएमबाट पैसा निकाल्ने कुरा हामी सबैलाई थाहा नै छ । तर, अब यस्तो एटीएम मेसिन सुरु भएको छ, जसले नगदको सट्टा सुनको सिक्का वितरण गर्दछ । यो कुरा विश्वास गर्न गाह्रो छ, तर सत्य हो।

भारतको हैदरावादमा एटीएमबाट सुन निकालिएको छ। सुन किन्ने र बेच्ने व्यवसायमा रहेको गोल्डकोइन कम्पनीले स्थापना गरेको यो एटीएमले सुनको सिक्का वितरण गर्छ । गोल्ड एटीएममार्फत मानिसहरूले आफ्नो डेबिट वा क्रेडिट कार्डबाट सुनको सिक्का किन्न सक्छन् । ०।५ ग्राम देखि १०० ग्राम सम्मको सुनको मात्राका लागि आठ विकल्प उपलब्ध छन्।

गोल्ड्सिका लिमिटेड ४ वर्षअघि स्थापना भएको कम्पनी हो । जसले एटीएम मेसिनमार्फत सुनको सिक्का निकाल्ने नयाँ अवधारणा ल्यायो। सुनको एटिएममा ५ किलो सुन राख्न सक्ने क्षमता रहेको छ । एजेन्सी

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार १२:१९   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।