काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग कायमै रहेको बताएका छन् । संसद् सचिवालयका महासचिव भरत गौतमले जबरामाथिको महाभियोग निष्क्रिय भएको पत्र थमाएपछि मन्त्री कार्कीले यस्तो दाबी गरेका हुन् ।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कानुनमन्त्रीको समेत जिम्मेवारी पाएका कार्कीले जबरामाथिको महाभियोग जीवितै रहेका बताउँदै अबको संसद्ले त्यसबारे निर्णय गर्ने बताए । ‘निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन अर्को प्रतिनिधिसभामा छलफलका लागि पठाइएको हो’, मन्त्री कार्कीले भने, ‘त्यसैले त्यो विषय जीवितै छ ।’




















प्रतिक्रिया