Logo

प्रमुख समाचार

रास्वपाको समानुपातिक सांसद चयनमा चलखेल !



विराटनगर । समानुपातिक सांसद चयनमा चलखेल भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र असन्तुष्टि बाहिरिन थालेको छ । रवि लामिछाने नेतृत्वको रास्वपामा बन्दसूचीको क्रम संख्याभन्दा बाहिर गएर समानुपातिक सांसद चयन गर्न लागिएको भन्दै त्यसविरुद्ध खबरदारी गर्न पार्टी कार्यालयमा भेला हुन आह्वान गरिएको छ ।

रास्वपा सुनसरीका सभापति लालविक्रम थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै थिति बसाल्न र पार्टी बिग्रेला भन्ने डरले चिन्तित भई खबरदारी गर्न लागिएको बताए ।

उनले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद छनोट प्रक्रियामा पार्टी विधि पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सन र बन्दसूचीको क्रम संख्याभन्दा बाहिर गएर गरिने निर्णय आम पार्टी सदस्य शुभचिन्तक मतदाता कसैका लागि पनि हितकारी नहुने देखिएको छ ।’

प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ सिट जिनेको रास्वपाले समानुपातिकतर्फ १३ सिट पाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार १२:०६   :  बजे

246
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।