Logo

मनोरञ्जन

अनु र सरगम राईकाे ‘भाकि सकेँ’मा सविन श्रेष्ठ र अनु शाहकाे रोमान्स (भिडियाेसहित)



काठमाडाैं । गायक सरगम राई र गायिका अनु चौधरीको स्वर रहेको नयाँ गीत ‘भाकि सकेँ’काे म्युजिक भिडियाे सार्वजनिक भएको छ । सरगम राईको शब्द तथा संगीत र बादल लिम्बुको एरेन्ज गीतमा रहेको छ ।

गीतको भिडियोमा सविन श्रेष्ठ र अनु शाहको अभिनय रहेको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरु देखाउन खोजिएको भिडियो कालिन्चोक र आसपासमा छायांकन भएको हो ।

केशव राज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो प्रकाश खड्का ले छायांकन गरेका हुन् भने सम्पादन दिनसन शाहको रहेको छ । गीतको भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

हेर्नुहा‍ेस् गीतको पूरा भिडियो

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार १२:२०   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।