Logo

प्रमुख समाचार

‘चालेन्द्रविरुद्धको महाअभियोग निष्प्रभावी हुँदैन, नयाँ संसदमा पेश हुन्छ’



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाइई महाअभियोग निष्प्रभावी भएको भन्दै संघीय संसद्का महासचिव भरतराज गौतमले थामाएको पत्रविरुद्ध सर्वोच्चमा परेको रिटमाथिको सुनुवाइ जारी छ । बहसका क्रममा निवेदकतर्फका कानुन व्यवसायीले महाअभियोग निष्प्रभावी हुन नसक्ने भन्दै नयाँ संसदमा पेश हुने बताएका छन् ।

सुरुवाती बहस गर्दै वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले जबराविरुद्धको महाअभियोग निष्प्रभावी नहुने भन्दै नयाँ संसद्मा पेश हुने तर्क गरे । साथै उनले संघीय संसदका महासचिव भरतराज गौतमले जबराको निलम्बन फुकुवा भएको भनेर दिएको पत्र गैरसंवैधानिक रहेको जिकिर गर्दै संविधानको धारा धारा १०१ को (६) अनुसार जबरा निलम्बित अवस्थामै रहने बताए ।

संविधानको धारा १०१ को उपधारा ६ मा महाभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न नपाउने उल्लेख छ ।

संघीय संसदका महासचिव गौतमले जबराको निलम्बन फुकुवाको पत्र यही मंसिर २१ गते दिएका थिए । त्यसविरुद्ध सर्वोच्चमा परेको रिट सुनुवाइका लागि कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ । संवैधानिक इजलासमा वरिष्ठतम् न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सदस्य छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार १२:२६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।