Logo

राजनीति

जनादेशको सम्मान गर्दै एमाले प्रतिपक्षमा बस्छ : उपाध्यक्ष पौडेल



बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चुनावी जनादेशअनुसार आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताएका छन् । शुक्रबार बुटवल कालिका क्याम्पसको नवौं वार्षिकोत्सव पछि उनले मंसिर ४ को चुनावको जनादेश अनुसार एमाले प्रतिपक्षमा बस्ने बताएका हुन् ।

‘एमाले केही सिटले दोस्रो पार्टी बनेको छ’, उनले भने, ‘यो जनादेशको सम्मान गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउँछौं ।’ नेता पौडेलले सरकार बनाउनेबारे एमालेले कसैसँग छलफल नगरेको पनि दाबी गरे ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार १२:४४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।