काठमाडौं । नेकपा एमालेले पार्टी हितविपरीतका कार्य गरेको ठहर गर्दै घनश्याम भुसाल र प्रभु साह लगायतलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य भुसाल र साहसहित १३ जनालाई कारबाही गरेको हो ।
बैठकपछि एमालेले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूलाई कारबाही गरेकोबारे जानकारी दिएको हो । कारबाहीमा पर्नेमा स्थायी कमिटी सदस्यहरू भुसाल र साहसहित केन्द्रीय कमिटी सदस्यहरू उपेन्द्र साह (रौतहट), कुन्दन कुशवाह (रौतहट), रामप्रित राम (सिराहा), बद्री न्यौपाने (सर्लाही), रीता साह (सर्लाही), गंगा चौधरी (दाङ) र टेकबहादुर बलम्पाकी मगर (महोत्तरी) छन् ।
केन्द्रीय निकायका वाङ्दी शेर्पा (ताप्लेजुङ), खेम सुवेदी (कञ्चनपुर), भक्तबहादुर अधिकारी (कञ्चनपुर) र लक्ष्मी साह (कैलाली) पनि एमालेको कारबाहीमा परेका छन् । त्यस्तै समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेकी जैनव खातुन पनि पार्टी विरोधी गतिविधिमा लागेका आरोपमा कारबाहीमा परेकी छन् । उनलाई सूचीबाट हटाइएको एमालेले जनाएको छ ।




















प्रतिक्रिया