Logo

राजनीति

दलहरुले बुझाए समानुपातिक सांसदको सूची, निर्वाचित भएको घोषणा २६ मंसिरमा गरिने



काठमाडौं । मंसिर २ मा सम्पन्न आमनिर्वाचनअन्तर्गत सबै राजनीतिक दलहरुले आज (शनिबार) समानुपातिकतर्फका सांसदको सूची बुझाएका छन् । समानुपातिकर्फ आ–आफ्नो भागमा परेको प्रतिनिधि तथा प्रदेशसभा सांसदको सूची दलहरुले आयोगमा बुझाएका हुन् ।

आयोगले अब मंसिर २६ गते (सोमबार) समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा गर्ने जनाएको छ । दलहरुले बुझाएका नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा नेकपा एमालेले सबैभन्दा धेरै एमालेले १०४ पाएको छ । जसमध्ये ३४ प्रतिनिधिसभातर्फ हो भने बाँकी ७० सिट प्रदेशसभाको हो । यसैगरी, ९६ सांसदसहित दोस्रो स्थानमा रहेको कांग्रेसले प्रतिनिधिसभामा ३२ र ६४ प्रदेशसभातर्फको हो ।

४३ सांसदसहित तेस्रो स्थानको माओवादी केन्द्रले प्रतिनिधिसभामा १४ र प्रदेशसभातर्फ २९, २४ सांसदसहित चौथो स्थानमा रहेको राप्रपाले प्रतिनिधिसभामा ७ र प्रदेशसभातर्फ १७ सिट पाउँदा प्रदेशमा उम्मेदवारी नदिएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा १३ सिट पाएको छ ।एकीकृत

समाजवादीले समानुपातिकर्फ प्रतिनिधिसभामा सिट पाएको छैन भने प्रतिनिधिसभामा जम्मा १० सांसद पाएको छ । नेमकिपाले प्रदेशसभामात्रै २ सांसद पाउँदा जनता समाजवादी पार्टीले प्रतिनिधिसभा ५ र प्रदेशसभामा ९ सांसद पाएको छ ।

जनतम पार्टीले प्रतिनिधिसभामा ५ र प्रदेशसभा ९ सिट पाएको छ । प्रदेशसभामात्र सिट पाएका लोसपाले ३, नेपाल संघीय समाजवादीले १, नागरिक उन्मुक्ति पार्टीले ५, राष्ट्रिय जनमोर्चाले १, हाम्रो नेपाली पार्टीले १ सिट पाएको थियो ।

आयोगका सहसचिव भट्टराईले समानुपातिकतर्फको पनि सांसदहरु निर्वाचित भएको घोषणा भएको मितिले ७ दिनभित्र राष्ट्रपति समक्ष निर्वाचन सम्बन्धी प्रतिवेदन बुझाइ सक्नुपर्ने कानुनी व्यवस्था भएकाले सोही अनुसार काम गर्ने बताएका छन् ।

  • याे पनि…

यी हुन् प्रतिनिधिसभा समानुपातिकमा माओवादी केन्द्रका १४ सांसद [सूचीसहित]

एमालेकाे ३४ समानुपातिक सांसदमा को–को परे ? [सूचीसहित]

कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद [सूचीसहित]

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सासंद [सूची]

एकीकृत समाजवादीले बुझायो समानुपातिक सदस्यको नाम

नागरिक उन्मुक्ति पार्टीले टुंग्यायो प्रदेशसभातर्फका समानुपातिक सांसद

जनमत पार्टीले बुझायो समानुपातिकतर्फका सांसदको नाम

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार २०:१७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।