Logo

खेलकुद

पहिलो हाफमा पोर्चुगलविरुद्ध मोरक्कोलाई अग्रता



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलमा अहिले मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा भइरहेको छ । अल थुमामा स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा मोरक्कोले १–० गोलको अग्रता बनाएको छ ।

खेलको ४२ औं मिनेटमा युसेफ एन नेसरीले हेडर मार्फत गोल गर्दै मोरक्कोलाई सुरुआती अग्रता दिलाएका हुन् । मोरक्को आज पोर्चुगललाई हराएर सेमिफाइनल पुग्न चाहन्छ । मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

पोर्चुगल पनि मोरक्कोलाई हराएर अन्तिम चारको यात्रा तय गर्न चाहन्छ । पोर्चुगलले राउण्ड अफ १६ मा स्विट्जरल्यान्डलाई हराएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार २१:४८   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।