Logo

अर्थ

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, १८० कम्पनीको सेयरमूल्य घट्यो



काठमाडाैं । यस साताको पहिलो कारोबार दिन पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । गत साता गत साता २.२३ प्रतिशत अर्थात ४३.७८ अंक घटेर १९१७.२८ विन्दुमा झरेको थियो । यस साताको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ बिन्दुमा ओर्लिएको छ ।

यता ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ६.२८ अंकले घटेर ३६७.३६ बिन्दुमा झरेको छ ।
आइतबार २५३ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर खरिदबिक्री भयो । आज एक अर्ब १० करोड ३४ लाख ४ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

यसदिन कारोबार भएकामध्ये २५ कम्पनीको मात्र सेयर मूल्य बढेको छ, भने १८० कम्पनीको सेयरमूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आज सिवाईसी नेपाल लघुवित्त र समिट लघुवित्तकोइ सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, मैलुङ खोला जलविद्युत, धौलागिरी हाइड्रोपावर, ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।

यता, नाडेप लघुवित्तको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर ७०१ रुपैयाँ ४० पैसा कायम भएको छ । आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १० करोड ९३ लाख ६७ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार १६:०१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।