Logo

अर्थ

नबिल बैंकद्वारा लाभांश घोषणा, नगद र बोनस सेयर कति ?



काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७८/०७९ का लागि लाभांश घोेषणा गरेको छ । आइतबार बसेको बैंकको संचालक समितिको बैंकठले गत आर्थिक वर्षको संचित मुनाफाबाट चुक्तापुँजीको ३० प्रतिशत लाभांश घोषणा गरेको हो ।

जसमा १८.५ प्रतिशत बोनश सेयर र ११.५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । नबिल बैंकद्वारा प्रस्तावित सो लाभांश हालसम्म वाणिज्य बैंकहरुद्वारा घोषित लाभांश मध्येकै सर्वाधिक हो ।

बैंकले गत आवमा तत्कालिन नेपाल बंगलादेश बैंकलाई प्राप्ती गरी एकिकृत कारोबार पछि लगानीकर्तालाई दिने प्रतिफल घोषणा गरेको हो । बैंकद्वारा घोषित लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको वार्षिक साधारणसभामा लगानीकर्तालाई वितरण हुनेछ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार १९:३२   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।