Logo

अर्थ

सुनको मूल्य घट्यो, तोलाको कतिमा हुदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । सोमबार ३०० रुपैयाँले घटेको सुनाको भाउ आज पनि २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख रुपैयाँ र तेजाबी सुन ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। सोमबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार ११:३१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।