Logo

प्रमुख समाचार

नयाँ गठबन्धन सरकारमा सहभागी हुने लोसपाकाे निर्णय



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पाँच दलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । सत्ता गठबन्धनमा चुनावी तालेमले गरेको लोसपाले अब नयाँ बन्ने सरकारलाई समर्थन गर्दै सरकारमा पनि सहभागी हुने निर्णय शीर्ष नेताको बैठकले गरेको पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले जानकारी दिए ।

‘हामी पनि गठबन्धनको एक पार्ट हौं, त्यसले सरकारलाई समर्थन मात्र होइन, त्यसमा सहभागी नै हुने हो’, उनले भने । अब बस्ने कार्यकारिणी समितिको बैठकले त्यसको आधिकारिक निर्णय गर्ने भण्डारीले बताए ।

निर्वाचन आयोगले चुनावको सबै नतिजा सार्वजनिक गरेपछि बैठक बसेर चुनावी समीक्षालगायत संगठनका बारेमा अन्य निर्णयहरु गरिने उनले बताए । लोसपाले प्रतिनिधि सभामा ४ वटा सिट जितेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार १२:४४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।