Logo

मनोरञ्जन

फिल्म ‘सरी मम’ माघ ५ मा सर्‌याे (ट्रेलरसहित)



काठमाडौं । फिल्म ‘सरी मम’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ । निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति मंसिर २९ बाट माघ ५ पुर्याएको हो । प्रचार प्रसार र हलिउड फिल्म ‘अवतार’ आएको कारण फिल्म सारिएको निर्माता विनोद लामाले बताए । उनले आँखा अगाडी परिरहने समाजको कथालाई टिपेर फिल्म ‘सरी मम’ बनाएको सुनाए ।

एनएफआई कृयशनको ब्यानरमा निर्माण भएको फिल्मले लागुऔषध दुव्र्यसनीविरुद्धको आवाज उठाएको छ । फिल्मको ट्रेलरमा पनि कुलतमा परेको एक किशोर र त्यसले उसको परिवार र जीवनमा ल्याउने उतारचढावको कथा जोडिएको छ । यो फिल्म युवा तथा किशोरावस्था उमेर लक्षित छ ।

नविन बोगटीको निर्देशन रहेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल , प्रेविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार १४:५७   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।