Logo

राजनीति

११ यात्रुकाे ज्यान जानेगरी जाजरकोटमा भएको जीप दुर्घटनाप्रति देउवाद्वारा दुःख व्यक्त



काठमाडौं । मध्यपहाडी सडकखण्ड अन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका–५ स्थित भिरपाटीमा ११ जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनाप्रति नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेको छ । हिजो सोमबार दिउँसो कर्णाली प्रदेश ०२—००१च०४२९ नम्बरको बलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो ।

उक्त घटनाप्रति आज (मंगलबार) दुःख व्यक्त गर्दै देउवाले मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । साथै उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार १६:२१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।