कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा अहिले अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा भइरहेको छ।
राजधानी दोहास्थित लुसेल रंगशालामा जारी खेलको दोस्रो हाफको ६९ मिनेट अर्जेन्टिनाले ३-० गोलको अग्रता बनाएको छ। ६९ औं मिनेटमा मेस्सीले शानदार मुभ बनाउँदा जुलियान अल्भारेजका लागि पास उपलब्ध गराएका थिए। त्यसअघि मेस्सीले ३४ र अल्भारेजले ३९ औं मिनेटमा गोल गरेका थिए।




















प्रतिक्रिया