Logo

कोलकत्ता नाइट राइडर्सलाई आठ विकेटले पराजित गर्दै मुम्बई इन्डियन शीर्ष स्थानमा



 इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई आठ विकेटले पराजित गर्दै मुम्बई इन्डियन शीर्ष स्थानमा उक्लिएको छ । ​

अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको कोलकत्ताले दिएको १४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमै भेटेको हो ।

मध्यम लक्ष्यका लागि मुम्बईका क्विनटन डी ककले अविजित ७८ रनको शानदार इनिङ्स खेले । मुम्बईका लागि कप्तान रोहित शर्मा ३५, सूर्यकुमार यादबले १० रन बनाए भने हार्दिक पाण्डयले २१ रन जोडे ।

कोलकत्ताका भरुण चक्रवर्ती र शिवम नाभीले १र१ विकेट लिए । पहिलो ब्याटिङ गरेको कोलकत्ताको लागि पाट कुमिन्सले ५३ रनको अर्धतकीय इनिङ खेलेका थिए । कप्तान इयान मोर्गन ३९ रनमा अविजित रहे । सुबमन गिलले २१ रन जोडे भने आन्द्रे रसेल १२ रनमा समेटिए ।

मुम्बईका लागि राहुल चाहर २, ट्रेन्ट बोल्ट, कल्टर नेइल र जस्प्रित बुम्राहले १र१ विकेट हात पारे । यो जितसँगै मुम्बई शीर्ष स्थानमा उक्लिएको छ । आठ खेलमा मुम्बईले दुई हार र ६ जित निकालेको छ । दिल्ली र मुम्बईको १२ १२ अंक भए पनि रनरेटका आधारमा मुम्बई शीर्ष स्थानमा उक्लिएको छ ।

८ खेलमा ८ अंक जोडेको कोलकत्ता चौंथो स्थानमा छ। यो सिजनको पहिलो खेलमासमेत मुम्बईले कोलकत्तालाई ४९ रनले हराएको थियो ।

प्रकाशित : १ कार्तिक २०७७, शनिबार