Logo

राजनीति

संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले दिए राजीनामा



काठमाडौं । संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग निष्क्रियको पत्र दिएपछि महासचिव डा। भरतराज गौतमको राजीनामा माग भइरहँदा सचिव घिमिरेले राजीनामा दिएका हुन् ।

तर घिमिरेले घरयासी कामका कारणदेखाउँदै उमेर हदले अवकाश पाउन ९ महिना अघि नै राजीनामा दिएका हुन् । उनी संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख थिए । घिमिरेले मंगलबार सचिवालयका महासचिव गौतमसमक्ष राजीनामा दिएका हुन्।

बुधबार उनको राजीनामा स्वीकृत भएको छ । समिति सचिवालयका अनुसार बुधबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको संसद सचिवालय व्यवस्थापन समितिको बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १३:१८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।