Logo

प्रमुख समाचार

बालुवाटार पुगेर रामचन्द्रले देउवासँग भने– ‘प्रधानमन्त्रीमा मलाई सघाउनुस्’



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भावी प्रधानमन्त्रीमा आफूलाई सघाउन आग्रह गरेका छन् । बालुवाटारमा आज (बुधबार) भएको ‘वान टु वान’ वार्तामा पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सघाउन देउवासँग आग्रह गरेका हुन् ।

भेटमा पौडेलले गिरिजाप्रसाद कोइरालाको पालामा उनीसँग देउवाले संघर्ष गर्दा आफूले साथ दिएको स्मरण गराउँदै अब संसदीय दलको नेतामा आफूलाई सघाउन देउवासँग आग्रह गरेका बताइएको छ । साथै यस गठबन्धनको निर्माण गर्न र टिकाउन पनि आफूले भूमिका खेलेको पौडेलले बताएका थिए ।

आफू प्रधानमन्त्री बन्दा सबैले स्वीकार्ने पौडेलको दाबी थियो । ‘मेरो भूमिकालाई न्याय गर्दै मलाई संसदीय दलको नेता चुनिन सहयोग गर्नुस्’, पौडेलको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘मलाई सबैले स्वीकार्छन् ।’ देउवाले पौडेललाई ठोस जवाफ भने नदिएको बताइएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १३:५३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।