Logo

राजनीति

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक



काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न आमनिर्वाचनको अन्तिम परिणाम आज (बुधबार) सार्वजनिक गरेको छ । प्रतिनिधि र प्रदेशसभा प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम आयोगले तीन सातापछि सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र २२० सिटको परिणाम सार्वजनिक गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाका अनुसार आयोगले अब बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने छ । यस्तै पुस २ गते सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाइने उनले जानकारी दिए । प्रतिवेदन राष्ट्रपति र प्रदेश प्रमुखसमक्ष बुझाएपछि राजपत्रमा प्रकाशित हुनेछ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १४:२५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।