Logo

अर्थ

सेयर बजारमा गिरावट, कारोबार ७२ करोडमा खुम्चियाे



काठमाडाैं । सेयर बजारमा आज (बुधबार) पनि गिरावट आएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक २.६२ अंकले घटेर १८९७.०८ बिन्दुमा ओर्लिएको छ । यता, सेन्सेटिभ परिसूचक १.१२ अंकले घटेर ३७०.१९ बिन्दुमा राेकिएको छ ।

नेप्सेमा सूचीकृत २४६ कम्पनीको २० लाख ८७ हजार ८७६ कित्ता सेयर किनबेच हुँदा ७२ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्से सूचक घटेसँगै आज पनि कारोबार रकम घटेर करोडमा सीमित भएको छ ।

यसदिन कारोबार भएकामध्ये ८१ कम्पनीको मात्र सेयर मूल्य बढेको छ, भने १०८ कम्पनीको सेयरमूल्य घटेको छ । १७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आज सिवाईसी नेपाल लघुवित्तकाे काराेबार सर्किट लेभलसम्म भयाे भने याे कम्पनीकाे मूल्य २४८६.२ पुगेकाे छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १५:४१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।