काठमाडौं । प्रभु क्यापिटलले यस वर्षको जाडो मौसमलाई लक्षित गरी घरमै बसीबसी अनलाईनबाटै सेवा लिन सकिने “न्यानोक्उभअष्ब िइााभचू ल्याएको छ । प्रभु क्यापिटलको कार्यालय कमलादी वा प्रभु बैंकको शाखामा गई डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि “Heli Ride काे सफर with Prabhu Capital काे न्यानाे Special Offer” भन्ने स्लोगन सहित यो निःशुल्क डिम्याट स्किम ल्याएका हो ।
यो योजना यही १ पौषबाट ३० चैत्रसम्म लागू हुने क्यापिटलले जनाएको छ । जसमा ग्राहकले १ वर्षका लागि फ्रि डिम्याट खाता र मेरो शेयर प्राप्त गर्ने छन् । यस योजनाको ज्यादै आकर्षण पक्ष क्यापिटलले योजना अवधिभर खाता खोल्ने ग्राहकलाई दिने अतिरिक्त सुविधा हो ।
जसमा Lottery बाट १० जना भाग्यशाली बिजेताको छनौट गरिनेछ । जसले आजीवन निःशुल्क डिम्याट पाउनेछन् भने एकजना भाग्यशाली विजेताले निःशुल्क Gosainkunda Heli Ride जित्नेछन् ।
पूँजीबजारमा नयाँ लगानीकर्ता भित्रयाउने तथा सक्रिय रुपमा पूँजीबजारमा लाग्न पे्ररित गर्ने उद्वेश्यले ल्याएको यो योजनामा देश विदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसी सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ ।
जसमा व्यक्तिले अनलाईन रिक्वेस्ट गर्दा भिडियो केवाईसी वा एप केवाईसी छनौट गरी आफू अनुकूल समयमा समय लिई तुरुन्तै अनलाईन डिम्याट खाताको सुविधा पाउनेछन् । प्रभु क्यापिटल लिमिटेड नेपाली पूँजी बजारमा Video KYC मार्फत तुरुन्तै डिम्याट खाता खोल्ने सुविधा ल्याएको एकमात्र मर्चेन्ट कम्पनी हो, जसले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई फरक ढंगबाट सेवा प्रदान गर्दै आइरहेको छ ।





















प्रतिक्रिया