Logo

खेलकुद

उडान रद्द हुँदा मोरक्कोका समर्थक कतार जान पाएनन्



राबाट । रोयल एयर मासोकले मोरक्कोबाट कतारका लागि बुधबार तय भएका उडान रद्द गरेपछि समर्थक रंगशाला पुग्नबाट वञ्चित भएका छन् । फिफा विश्वकपको दोस्रो सेमिफाइनलमा बुधबार राति मोरक्कोले साविक बिजेता फ्रान्ससँग खेल्दै छ ।

सोही खेलमा राष्ट्रिय टिमको समर्थन गर्न अफ्रिकाबाट मध्यपूर्व आउन टिकट काटेका समर्थकहरू राबाटमै रोकिएको रोएटर्सले जनाएको छ ।

कतारी अधिकारीको निर्णयका कारण एयरलाइन्सले उडान रद्द गर्नु परेको रोएटर्सले उल्लेख गरेको छ । ‘कतारी अधिकारीहरूले लागू गरेको नयाँ मापदण्डका कारण कतार एयरमार्फत बुधबार कतारका लागि तय भएका उडान रद्द भएको जानकारी गराउनुपर्दा दुःख लागेको छ,’ यात्रुलाई पठाइएको ईमेलमा लेखिएको छ ।

यो विषयमा कतार सरकारले प्रतिक्रिया दिन अस्वीकार गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । यसअघि रोयलले ३० अतिरिक्त उडानमार्फत समर्थकलाई मोरक्को र फ्रान्सबीचको खेलका लागि कतार जान सहयोग गर्ने बताएका थियो । तर, रोयलनिटक स्रोतलाई उद्धृत गर्दै रोएटर्सले १४ उडान मात्रै तय भएको दाबी गरेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १७:४४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।