थियो हर्नान्डेजको एक्रोब्याटिक गोलसँगै फ्रान्सले फिफा विश्वकपको सेमिफाइनलअन्तर्गत मोरक्कोविरुद्धको पहिलो हाफमा १-० को अग्रता लिएको छ । अल बायट रंगशालामा जारी खेलको पाँचौं मिनेटमा हर्नान्डेजले गोलपोष्टको बायाँतर्फबाट उत्कृष्ट गोल गरेका थिए।
एन्टोइन ग्रिजम्यानको पासमा किलियान एम्बाप्पेले गरेको प्रहार मोरक्कोका खेलाडीलाई लागेर फर्किएको बलमा हर्नान्डेजले एक्रोब्याटिक फिनिस गरेका थिए। विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको मोरक्कोले ६ खेलमा विपक्षी खेलाडीबाट पहिलो गोल खाएको हो। यसअघि नायिफ अग्वेर्डबाट आत्मघाती गोलमात्रै खाएको थियो।
मंगलबार राति भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० को नतिजामा पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगिसकेको छ। यो खेलमा पराजित हुने टिमले तेस्रो स्थानका लागि क्रोएसियासँग खेल्ने छ।




















प्रतिक्रिया