Logo

खेलकुद

दोस्रो हाफमा मोरक्कोमाथि फ्रान्सको २-० को अग्रता



कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलअन्तर्गत अहिले दोस्रो सेमिफाइनल खेल भइरहेको छ।

राजधानी दोहास्थित अल बयात स्टेडियममा जारी खेलमा साविक विजेता फ्रान्स र मोरक्कोले खेलिरहेका छन्।

खेलको दोस्रो हाफको ७९ मिनेटमा मोरक्कोमाथि २-० गोलको अग्रता बनाएको छ ।

खेलको पाँचौं मिनेटमा थियो हर्नान्डेजले गोल गरेपछि फ्रान्सले सुरुआती अग्रता बनाएको हो।

क्वार्टरफाइनलमा पोर्चुगललाई १–० गोलको हार चखाउँदै मोरोक्को पहिलोपट विश्वकपको सेमिफाइनल पुगेको हो।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार ०२:२८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।