Logo

प्रमुख समाचार

मलाई हराउन प्रतिस्पर्धी र कर्मचारीबाट धाँधली भयो : झलनाथ खनाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले धाँधली गरेर आफूलाई हराइएको बताएका छन् । मंसिर ४ मा सम्पन्न निर्वाचनमा इलाम–१ बाट पराजित भएका उनले त्यहाँ पुनः मतदान गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका छन् ।

खनालले आफ्नो निकटतम प्रतिस्पर्धीसँग मिलेर निर्वाचन अधिकृत र अरु कर्मचारीले आफूलाई पराजित गराएको दाबी गरेका छन् । उनले स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन हुन नसकेकाले फेरि निर्वाचन हुनुपर्ने माग गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले विभिन्न १० तरिकाले आफूलाई पराजित गरिएको दाबी गरेका छन् । निर्वाचन सामग्री प्रयोगमा बाधा व्यवधान भएको, मतपत्रको दुरुपयोग भएको, नगद वा जिन्सी लाभ लिई मतदान गर्न प्रेरित गरिएको, मतदाता नै नभएकालाई मतदान गर्न दिइएको, पटक पटक मतदान भएको उनको आरोप छ ।

इलाम–१ मा एमाले उम्मेदवार महेश बस्नेत २५ हजार ७५३ मतसहित निर्वाचित भएका थिए भने एकीकृत समाजवादीका उम्मेदवार खनालले २३०८९ मत पाएका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार ११:३०   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।