Logo

अर्थ

बैंकर्स संघको कार्यसमिति सदस्यमा एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ चयन



काठमाडाैं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ चयन भएका छन् । संघको बिहीबार सम्पन्न ३३औँ साधारणसभाबाट कार्यसमिति सदस्यमा खालिङ चयन भएका हुन् ।

खालिङ परिचित बैंकर हुन् । उनीसँग सिटिजन्सको सञ्चालक, लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृत, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा प्रमुख सुचना अधिकृतसम्मको कार्यानुभव छ । करिब ३३ बर्ष लामो सक्रिय बैंकिङ अनुभव भएका खालिङ २०६८ साउनदेखि लक्ष्मी बैंक छिरेका थिए । खालिङसँग सञ्चालन तथा बैंकिङ जोखिममा लामो अनुभव रहेको छ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार १४:११   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।