काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पाँच वर्षभित्रमा आफूहरुले गरेको प्रतिबद्धता पूरा गर्ने बताएका छन् । लमजुङबाट प्रतिनिधिसभा सदयमा विजयी भएपछि मतदातालाई धन्यवाद दिन पुगेका उनले यस्तो बताएका हुन् ।
नेता गुरुङले एक्लाएक्लै लड्दा एमाले पहिलो पार्टी भएका दाबी पनि गरे । उनले भने, ‘प्रत्यक्षमा त उनीहरू पाँच वटा दल मिलेर हामीलाई हराए । तर, समानुपातिकमा एक्लै लड्दा हामी पहिलो दल भयौँ ।’ एक्लै एमालेसँग लड्न नसक्ने भएकाले हरुवा हरुवा पार्टीहरू मिलेर एमालेविरुद्ध षड्यन्त्र गरेको गुरुङको आरोप लगाए ।




















प्रतिक्रिया