काठमाडौं । ‘क्याबिन क्रु’हरुको आन्दोलनका कारण नेपाल वायुसेवा निगमको बिहीबार निर्धारित तीन वटा उडान प्रभावित भएको छ । निगमका स्रोतका अनुसार बिहीबार साउदी अरेबियाको रियाद र भारतका दुई शहर बैङ्लोर र नयाँ दिल्लीका लागि निर्धारित उडानहरु प्रभावित बनेका छन् ।
यसबाट सयौं यात्रुको उडान प्रभावित बनेको छ । दुई क्याबिन क्रुको करार सेवा नविकरण नगरिएको भन्दै क्याबिन क्रु आन्दोलनमा रहेका छन् । जसकारण कम क्याबिन क्रु बोकेर विदेश पुगेका जहाज उतै रोकिएका छन् भने उड्ने तयारीमा रहेका जहाजहरु समेत ढिला गरी उड्नु पर्ने भएको छ ।
लामो उडानमा सामान्यतया नयाँ सेट क्याबिन क्रु राखेर पठाउने गरिन्छ । तर, बुधबार भने दिल्ली र बैङ्लोर उडेका क्याबिन क्रुलाई नै मलेसिया र दुबई पठाइएको थियो ।यस क्रममा उनीहरुको ड्यूटीआवर १० घण्टा पुरा भएको थियो । यसकारण नियम अनुसार ‘क्रु’लाई रेस्ट दिनु परेका कारण जहाज डिले हुन पुगेका हुन् । क्याबिन क्रुलाई रेस्ट दिँदा मलेसिया र दुबई पुगेका दुईवटा जहाजसमेत उत्रै रोकिएका छन् ।
क्याबिन क्रुहरुकै आन्दोलनले बिहीबार निर्धारित आन्तरिकतर्फका ५ उडान पनि प्रभावित बनेका छन् ।
- याे पनि…
निगमका क्याबिन क्रुहरुको हड्तालले उडान प्रभावित, मलेसिया र दुबईमा रोकिए जहाज





















प्रतिक्रिया