काठमाडौं । उपचारका लागि चीन रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था सुधार आएको छ । फलोअपका लागि मंसिर दोस्रो साता चीन पुगेका पुन स्वास्थ्यमा सुधार आएसँगै एक साताभित्र स्वादेश फर्किने उनको सचिवालयले जनाएको छ ।
पुरानै रोग वंशाणुतग रूपमा रहेको जण्डिसले पुनः सताएपछि नेता पुन चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गर्न पुगेका थिए । पुनको उपचारका लागि पूर्वसभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला पनि चीनमै रहेकी छन् ।




















प्रतिक्रिया