Logo

प्रमुख समाचार

राष्ट्रपति छान्ने कुरामा नेपाली कांग्रेसले कसैसँग सम्झाैता गर्दैन : उपसभापति खड्का



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति छान्ने कुरामा नेपाली कांग्रेस पार्टीले कसैसँग सम्झाैता गर्न नसक्ने बताएका छन् ।

उपसभापति खड्काले सामाजिक सञ्जालमार्फत् यस्ताे बताएका हुन् । उनले राष्ट्रपतिकाे चर्चाले आफूलाई गम्भीर बनाएकाे पनि बताएका छन् ।

उपसभापति खड्काले लेखेका छन्, ‘राष्ट्रपति काे बन्ने भन्ने चर्चाले गम्भीर बनायाे । मेराे प्रष्ट धारणा छ- राष्ट्रपति देश,जनता र संविधानसभाले बनाएकाे संविधानप्रति दिल-दिमागदेखि पूर्ण रूपमा प्रतिबद्ध भएकाे व्यक्ति बन्नु पर्छ । याे कुरामा नेपाली कांग्रेस पार्टी कसैसँग सम्झाैता गर्न सक्तैन, गर्नु हुँदैन ।’

खड्का मंसिर ४ मा सम्पन्न भएकाे प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत- १ बाट विजयी भएका छन् ।

प्रकाशित मिति : २ पुष २०७९, शनिबार १०:५५   :  बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।