Logo

राजनीति

जनतासँग गरेका बाचा पूरा गर्न कांग्रेसबाट निर्वाचित सांसदलाई देउवाकाे निर्देशन



काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसबाट निर्वाचित सांसदहरुलाई बधाई ज्ञापन गरेका छन् । सरकारी निवास बालुवाटारमा बोलाएर देउवाले प्रतिनिधिसभाका सबै सदस्यहरूलाई बधाईसँगै जनतासँग गरेका बाचा पूरा गर्नतर्फ ध्यान दिन निर्देशन दिएका हुन् ।

भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा सक्रिय भूमिका निभाउन र जनतासँग गरेका बाचा पूरा गर्ने गरी काम गर्न निर्देशन दिए । उनले भने ‘तपाईंहरू सबै प्रतिनिधिसभाको सदस्य बन्नुभएको छ र तपाईंहरूले जित्दै गर्दा नेपाली कांग्रेस पनि ठूलो दल बनेको छ, तपाईंहरू सबैलाई बधाई छ ।’

सभापति देउवाले सबै सांसदहरूलाई फूलमाला र खादा ओढाएर बधाई दिएका थिए । अन्य सांसदहरूबीच पनि बधाई आदानप्रदान भएको थियो । शनिबार दिउँसो ३ बजे बोलाइएको भेलामा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित ५७ र समानुपातिकबाट निर्वाचित ३२ सांसदहरू सहभागी थिए ।

प्रकाशित मिति : २ पुष २०७९, शनिबार १७:३७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।