काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति हुनका लागि राजनीतिक अनुभव र संविधानको ज्ञान भएको व्यक्ति भएमा सुन्दर हुने बताएका छन् । राष्ट्रपति संवैधानिक र राजनीतिक पद भएकोले यसबारे अनुभवव र ज्ञान भएको व्यक्ति नै राष्ट्रपति बन्नुपर्नेमा जोड दिएका हुन् ।
नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको शनिबार काठमाडौंमा आयोजित साधारणसभा उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा.यादवले उक्त प्रतिक्रिया व्यक्त गरेका हुन् । ‘राष्ट्रपति संवैधानिक र राजनीतिक पद हो । त्यसमा राजनीतिक अनुभव भएका व्यक्ति र संविधानको ज्ञान भएको व्यक्ति भयो भने सुन्दर हुन्छ’, उनले भने ।
आमनिर्वाचन सफल रुपमा सम्पन्न भएकोमा दल र जनतालाई धन्यवाद दिँदै डा. यादवले संविधानले परिकल्पना गरेका संस्थाहरु निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशी समानुपातिकतालाई बजबुत बनाउन दलहरु मिल्नु आवश्यक रहेकोमा जोड दिए ।




















प्रतिक्रिया