Logo

खेलकुद

बिश्वकप : मोरक्कोलाई २-१ ले हराउदै क्रोएसिया बिश्वकपमा तेश्रो बन्न सफल



कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलमा आज भएको तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीचको खेलमा मोरक्कोलाई २-१ ले हराउदै क्रोएसिया बिश्वकपमा तेश्रो स्थान ओगट्न सफल भएको छ ।

शनिबार राजधानी दोहास्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा मोरोक्कोलाई २-१ गोलले हराउँदै क्रोएसियाले तेस्रो स्थान हासिल गरेको हो । तेस्रो स्थानका लागि भएको प्ले अफ खेलमा क्रोएसियालाई जिताउन जोस्को भार्डिल र मिस्लाभ अर्सिकले एक-एक गोल गरे।

मोरक्कोका अचराफ दारीले एक गोल गरे । खेलमा क्रोएसियाले सुरुआती अग्रता बनाएको थियो ।

खेलको सातौं मिनेटमा जोस्को भार्डिलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । उनले इभान पेरिसिकको पासमा हेडिङ गोल गरेका थिए ।

राजधानी दोहास्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा क्रोएसियाले सुरुआती अग्रता बनाएको थियो ।

खेलको सातौं मिनेटमा जोस्को भार्डिलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । उनले इभान पेरिसिकको पासमा हेडिङ गोल गरेका थिए ।

यसका साथै भार्डिल विश्वकपमा सानै उमेरमा गोल गर्ने क्रोएसियाका पहिलो खेलाडी पनि बनेका छन् । उनी २० वर्ष २२८ दिनका छन् ।

यसैगरी, नवौं मिनेटमा नै अचराफ दारीले गोल गरेपछि मोरक्को बराबरीमा फर्कियो । दारीले पनि हेडिङमा गोल गरेका थिए ।

दारीको यो मोरक्कोका लागि पहिलो अन्तर्राष्ट्रिय गोलसमेत हो। उनले मोरक्कोका लागि सात खेल खेलेका छन् ।

खेलको ४२औं मिनेटमा मिस्लाभ अर्सिकले गोल गरेपछि क्रोएसियाले २-१ गोलको जित निकालेको हो । अर्किसले मार्को लिभाजाको पासमा गोल गरेका थिए ।

मोरक्को र क्रोएसिया तेस्रो स्थान हासिल गर्ने योजनासहित मैदान उत्रिएका छन् । यस्तै दुवै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छन् ।

मोरक्को साविक विजेता फ्रान्ससँग सेमिफाइनलमा पराजित हुँदै तेस्रो स्थानका लागि भिड्न बाध्य भएको हो ।

साविक उपविजेतासमेत रहेको क्रोएसिया भने सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएको थियो ।

प्रकाशित मिति : २ पुष २०७९, शनिबार २१:४०   :  बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।