Logo

प्रमुख समाचार

संसदीय दलको नेता छान्न कांग्रेसद्वारा निर्वाचन समिति गठन



काठमाडौं । नेपाली कांग्रेसले पार्टी संसदीय दलको निर्वाचनका लागि समिति गठन गरेकाे छ । सानेपामा आज बसेको कार्यसम्पादन समिति बैठकले भीष्मराज आङ्देम्बेकाे संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो ।

समितिको सदस्यहरूमा पुष्पा भुसाल र प्रकाश स्नेही छन् । कांग्रेसको विधानको दफा ४० मा पार्टीको संसदीय दल गठनसम्बन्धी व्यवस्था छ । सङ्घीय संसद्मा रहेका पार्टीका सांसदहरू कांग्रेस संसदीय दलका सदस्य हुन्छन् ।

यसैगरी संसदीय दलमा प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने विधानमा व्यवस्था छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।

सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्तागठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ । कांग्रेसले निर्वाचनको मिति भने तय गरिएको छैन ।

प्रकाशित मिति : ३ पुष २०७९, आईतवार १६:५१   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।