काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक सोमबार बस्दै छ । आइतबारको केन्द्रीय सचिवालयको बैठकले सोमबारका लागि संसदीय दलको बैठक बोलाउने निर्णय गरेको हो ।
सोमबारको बैठकले एकीकृत समाजवादीको दलको नेता चयन गर्ने बताइएको छ । दलको नेतामा अन्य दाबेदार नभएका कारण अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन हुने निश्चित छ । समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको यो पार्टीको १० जना सांसद छन् ।
बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गरी गठबन्धनमा रहेका र रहन सक्ने राजनीतिक दलहरुसँग छलफल अगाडि बढाउने निर्णयसमेत गरेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।




















प्रतिक्रिया