काठमाडाैं । दक्षिण एसियाली लेखा व्यवसायी महांसघ (साफा) बाट नेपालका ४ बैंक सम्मानित भएका छन् । नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संस्थाको आयोजनामा आइतबार भएको अन्तर्राष्ट्रिय कर तथा डिजिटल करेन्सीसम्बन्धी कन्फेरेन्स र बीपीए अवार्ड कार्यक्रममा तीन वाणिज्यहरु मेगा बैंक, सिद्धार्थ बैंक, सनराइज बैंक र एक विकास बैंक मुक्तिनाथ विकास बैंक सम्मानित भएका हुन् ।
उक्त बैंकलाई साफाले उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार प्रदान गरेको हो । जसमा प्राइभेट सेक्टर बैंकअन्तर्गत सिद्धार्थ, मेगा र सनराइन बैंक र फाइनान्सियल सर्भिसअन्तर्गत मुक्तिनाथ विकस बैंक सम्मानित भएका छन्। त्यसैगरी उत्कृष्ट वित्तीय प्रतिवेदन भएका बोटलर्स नेपाल पनि सम्मानित भएको छ। साफाले कर्जा सूचना केन्द्रलाई पनि बीपीए अवार्डबाट सम्मान गरेको छ।




















प्रतिक्रिया