Logo

अर्थ

एन्फालाई एनएसएलले १७ करोड २१ लाख उपलब्ध गराउने



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) सञ्चालनका लागि नयाँ सम्झौता गरेको छ । एन्फाले मंगलबार एनएसएल आयोजक नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिसँग आठ वर्षको सम्झौता गरेको हो ।

सम्झौता अनुसार नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिले एनएसएल आयोजनाका लागि एन्फालाई १७ करोड २१ लाख रुपैयाँ उपलब्ध गराउनेछ । एन्फाका महासचिव किरण राई र नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिकी अध्यक्ष आश्रयता कार्की चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रकाशित मिति : ५ पुष २०७९, मंगलवार २०:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।