काठमाडाैं । नेपाल राष्ट्र बैंकले कुमारी बैंक र एनसीसी बैंकबीचको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिएको छ । कुमारी बैंकका सीईओ रामचन्द्र खनालले राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति पाएको बताएका हुन् ।
कुमारी बैंकले यसअघि नै पुस १७ गते एकीकृत कारोबार गर्ने जनाएको थियो । सोहीअनुसार अब कुमारी र एनसीसीबीच एकीकृत कारोबार हुने भएको छ ।
मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा एनसीसीका रमेशराज अर्याल हुनेछन् भने कुमारीका सीईओ रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनेछन् ।
मर्जरपछि बैंकको नाम कुमारी बैंक रहनेछ भने चुक्तापुँजी २५ अर्ब ८५ करोड हुनेछ । मर्जरपछि बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड रुपैयाँ र कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ हुनेछ ।




















प्रतिक्रिया