Logo

अर्थ

कुमारी र एनसीसीलाई एकअर्कमा गाभिन राष्ट्र बैंकको अन्तिम स्वीकृति



काठमाडाैं । नेपाल राष्ट्र बैंकले कुमारी बैंक र एनसीसी बैंकबीचको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिएको छ । कुमारी बैंकका सीईओ रामचन्द्र खनालले राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति पाएको बताएका हुन् ।

कुमारी बैंकले यसअघि नै पुस १७ गते एकीकृत कारोबार गर्ने जनाएको थियो । सोहीअनुसार अब कुमारी र एनसीसीबीच एकीकृत कारोबार हुने भएको छ ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा एनसीसीका रमेशराज अर्याल हुनेछन् भने कुमारीका सीईओ रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनेछन् ।

मर्जरपछि बैंकको नाम कुमारी बैंक रहनेछ भने चुक्तापुँजी २५ अर्ब ८५ करोड हुनेछ । मर्जरपछि बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड रुपैयाँ र कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ हुनेछ ।

प्रकाशित मिति : ६ पुष २०७९, बुधबार २१:१९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।