काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगमा काठमाडौं नाइट्सले दोस्रो जित निकालेको छ । टियु मैदानमा आज (मंगलबार) भएको खेलमा काठमाडौंले जनकपुर रोयल्सलाई ५३ रनले पराजित गरेको हो ।
काठमाडौंले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा अलआउट हुँदै १ सय ५५ रन मात्र बनाउन सक्यो । जनकपुरका लागि समिउल्लाह सिनवारीले सर्वाधिक २९ रन बनाए । सन्दीप जोरा २६ रन तथा पवन सराफ २४ रनमा आउट भए । शरफुदिन असरफले १९ तथा आदिल आलमले १६ रन बनाए ।
काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले ३ तथा बसिर अहमदले २ विकेट लिए । कमल सिंह ऐरी, सुनाम गौतम, अनिल खरेल र अविनाश बोहोराले समान १÷१ विकेट लिए ।
त्यसअघि पहिले ब्यटिङ रोजेको काठमाडौंले एलेक्स ब्लेकको सानदार ब्याटिङको सहयोगमा २० ओभरमा ६ विकेट गुमाएर २ सय ८ रन बनायो । काठमाडौंका लागि ब्लेकले ४३ बलको सहयोगमा अविजित ८३ रनको अर्धशतकीय इनिङ खेले । उनले ४ चौका र ७ छक्का प्रहार गरे ।
यस्तै विरनदिप सिंहले ४९ तथा अज्मतुल्ला उमरजाइले १५ बलमा ४३ रनको अविजित पारि खेले लोकेस बम १५ रनमा आउट भए । यता जनकपुरका लागि पवन सराफले २, सोमपाल कामी, शरफुदिन असरफ, आदिल आलम र जितेन्द्र मुखियाले समान १÷१ विकेट लिए ।




















प्रतिक्रिया