लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत मङ्गलवार राती भएको खेलमा म्यानचेस्टर युनाइटेडले नोटिङ्घमलाई ३-० गोलले हराएको छ ।
घरेलु मैदानमा भएको खेलमा म्यान युनाइटेडका मार्कस रासफोर्ड, एन्थोनी मार्सल र फ्रेडले गोल गरे । क्रिस्टियानो रोनाल्डोलाई बिदा गरेयता म्यान युनाइटेडले पहिलो खेल खेलेको हो ।
क्लबबारे विवादास्पद अन्तर्वार्ता दिएपछि म्यान युनाइटेड पाँचपटकका फिफा वर्ष खेलाडी रोनाल्डोलाई बिदा गर्ने निर्णयमा पुगेको थियो ।
रोनाल्डो पहिलो रोजाइमा ठाउँ पाउन छाडेपछि आक्रोशित बन्दै गएका थिए । १५ खेलबाट २९ अंक भएको म्यान युनाइटेड तालिकाको पाँचौँ स्थानमा छ । शीर्षस्थानमा रहेको आर्सनलको १५ खेलबाट ४० अंक छ ।




















प्रतिक्रिया