Logo

अर्थ

बढ्याे सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार



काठमाडाैं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । योसँगै छापावाला सुन प्रतितोला १ लाख १ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ६०० रुपैयाँ कायम भएको छ ।

हिजो मंगलबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ७०० रुपैयाँ र तेजाबी सुन १ लाख २०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १२:१४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।