काठमाडौं । ब्राजिलका प्रसिद्ध फुटबल खेलाडी पेलेले निधन भएको भन्दै सामाजिक सञ्जालमा अफवाह फलाइएको छ । क्यान्सरका कारण उपचार गराइरहेका पेलेको निधन भएको भन्दै एकाएक अफवाह फैलिएको हो । उनको ब्राजिलस्थित अल्बर्ट आइस्टाइन अस्पतालमा उपचार भइरहेको छ।
पेलेबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले कुनै समाचार उल्लेख गरेका छैनन् । तर नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुकमा पेलेको ‘निधन’ भएको भन्दै श्रद्धाञ्जली दिनेहरुको लर्को लागेको छ ।
सामाजिक सञ्जालमा पछिल्लो समय अनेकन अफवाह फैलिने गरेका छन्। जसलाई सत्य मानेर धेरै सर्वसाधरणले सेयर गर्दै आफ्नो भावना साट्ने काम गरेका छन्।




















प्रतिक्रिया