काठमाडौं । नेपाल टी ट्वान्टी लिगमा विराटनगर सुपर किंग्सले दोस्रो जित निकालेको छ । टियु क्रिकेट मैदानमा आज (बिहीबार) भएको खेलमा पोखरा एभेन्जर्सलाई पाँचौं हार चखाउँदै विराटनगर ८ विकेटले विजयी भएको हो ।
पोखराले दिएको १ सय ३६ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । विराटनगरका लागि रोहित पौडेलले ५७ बलमा ६ चौका र ३ छक्काको सहयोगमा अविजित ७१ रनको अर्धशतकीय ईनिङ खेले । गौरान्सु शर्माले ३३ तथा हुसेन तलतले अविजित २८ रन बनाए ।
पोखराका लागि अमिर हम्जा र जाहिर खानले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनायो । पोखराका लागि अमिर हम्जाले २५ बलमा अविजित ३७ रन बनाउँदा सुमित महर्जनले २६ रन बनाएका थिए ।
कप्तान उपुल थरंगा २५ तथा प्रतिश जिशीले अविजित १३ रन बनाए । आसिफ शेख ११ रनमा आउट भए । विराटनगरका लागि कप्तान आन्द्रे म्याकार्थीले ३ तथा साहब आलम,राज नानन र नन्दन यादवले समान १/१ विकेट लिए ।
चार खेल खेलेको विराटनगर दोस्रो जितका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । पाँच खेल खेलेर अंक विहीन पोखरा ५ खेलमा अंक विहीन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।




















प्रतिक्रिया