Logo

खेलकुद

नेपाल टी–ट्वान्टी : फार वेस्टलाई पराजित गर्दै जनकपुर दोस्रो स्थानमा



काठमाडौं । नेपाल टी–ट्वान्टी लिगमा फार वेस्ट युनाईटेडलाई पराजित गर्दै जनकपुर रोयल्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो जित हात पार्ने क्रममा जनकपुरले फार वेस्टलाई ८ विकेटले पराजित गरेको हो ।

टियु मैदानमा भएको खेलमा फार वेस्टले दिएको १ सय ७० रनको लक्ष्य जनकपुरले १८.२ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । जनकपुरका लागि चाडविक वाल्टनले ४० बलमा २ चौका र ५ छक्काको सहयोगमा अविजित ६९ रनको अर्धशतकीय ईनिङ खेले ।

सन्दीप जोराले ५४ बलमा ३ चौका र ५ छक्काको सहयोगमा अविजित ७७ रनको अर्धशतकीय ईनिङ खेले । जनकपुरका लागि चाडविक वाल्टन र सन्दीप जोराले १ सय ५१ रनको अविजित साझेदारी गरेका थिए ।

फार वेस्टका लागि करण केसीले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन बनायो । फार वेस्टका लागि करण केसीले १७ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४६ रन बनाए ।

भिम सार्कीले ३० बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित ३६ रन बनाउँदा देव खनाल २२ रनमा आउट भए।कप्तान हसमतुल्लाह शाहिदी १९ रनमा रन आउट भए भने हरिशंकर शाह १३ रनमा आउट भए । विनोद भण्डारीले १२ तथा हसिम अंसारीले ११ रन बनाए । जनकपुरका लागि ललित नारायण राजवंशीले २ तथा सोमपाल कामी र जितेन्द्र मुखियाले समान १/१ विकेट लिए ।

जनकपुरले चौंथो खेलमा तेस्रो जित हात पारेको छ । जनकपुर ४ खेलमा ६ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चार खेल खेलेर १ जित हात पारेको फार ४ खेलमा २ अंकका साथ अंक तालिकाको पाचौ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार १८:४७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।