काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ । टियु मैदानमा आज (शुक्रबार) भएको खेलमा पोखराले फार वेस्ट युनाईटेडलाई ३ विकेटले पराजित गरेको हो ।
१८० रनको लक्ष्य पोखराले १९.३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । पोखरालाई पहिलो जित दिलाउने क्रममा आसिफ शेखले सर्वाधिक ४५ रन बनाए । कुशल मल्लले ४० तथा सुमित महर्जनले ३८ रन बनाए । सिद्धान्त लोहनी २३ तथा अमिर हम्जा १२ रनमा आउट भए । फार वेस्टका लागि उमेर अलि,करण केसी र प्रकाह जैशीले समान २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । फार वेस्टका लागि उमर अलिले २२ रन बनाउँदा देव खनालले ३३ रन बनाए । रशिद खानले ३२ रन बनाए । हसिम अंसारी र भिम सार्कीले १७/१७ रन तथा करण केसीले अविजित १२ रन बनाए ।
पोखराका लागि जाहिर खानले ३ तथा तुल बहादुर थापा र अमिर हम्जाले समान २/२ विकेट लिए । कुशल मल्ल र आरिफ शेखले समान १/१ विकेट लिए ।
छैटौं खेल खेलेर पहिलो जित निकालेको पोखरा ६ खेलमा २ अंकसहति अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पाँच खेल खेलेर १ जित हात पारेको फार वेस्ट २ अंक सहित अंक तालिकाको पुछारमा झरेको छ ।




















प्रतिक्रिया