काठमाडौं । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत निर्वाचित भएका छन् । प्रदेश कमिटीको बैठकले चुमानलाई संसदीय दलको निर्वाचनमा निर्वाचित गरेको हो ।
चुमान यस अघि ०७४ मा पनि संसदीय दलको नेता थिए । यति बेला पृथ्वीसुब्बा नेतृत्वको सरकारमा चुमान आन्तरिक तथा कानुनमन्त्री भए ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा पुन चुमान तनहुँ १ को प्रदेशभसा निर्वाचन क्षेत्र २ बाट निर्वाचित भएसँगै माओवादीबाट मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएको हो ।
दलको नेता बेनेसँगै एमाले–माओवादीको सत्ता गठबन्धनमा माओवादीबाट चुमान मुख्यमन्त्रीका बलियो दाबेदार बनेका हुन् ।




















प्रतिक्रिया